प्राविधिकहरूले दुई ग्रेड पाउने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्राविधिकहरूले दुई ग्रेड पाउने


५ फाल्गुन २०७६, सोमबार


आचारसंहिता

काठमाडौँ । प्राविधिक कर्मचारीहरूले दुई ग्रेड पाउने भएका छन् ।

माघ २७ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार २०५७ साउन १ गतेभन्दा पहिले प्राविधिक पदमा नियुक्ति पाएका कर्मचारीहरूले खाइपाइ आएको प्राविधिक दुई ग्रेड पाउने भएका हुन् ।

आइतबार अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई पत्र पठाउँदै प्राविधिक कर्मचारीहरूले २०७३ साउन १ पश्चात् पाउने १ दिन बराबरको प्राविधिक दुई गे्रेडवापत हुने रकमबाट भुक्तानी पाई सकेको एकमुष्ट रकम घटाई बाँकी रकम मात्र भुक्तान लिने व्यवस्था मिलाउन भनेको छ ।

त्यसै गरी हाल पदमा बहाल नरहेका तर यस बिचमा सेवा निवृत्त भई सकेका भए निजहरुलाईसमेत प्राविधिक ग्रेडबापतको फरक रकम उपलब्ध गराउने र २०७६ माघ महिनादेखि त्यस्ता कर्मचारीको तलबमानमा नै एक दिनको तलब बराबरको एक ग्रेडका दरले दुई ग्रेडको रकम समावेश गर्न भनेको छ ।

हेर्नुहोस् अर्थ मन्त्रालयको पत्र

Tags :
प्रतिक्रिया दिनुहोस