सभामुख सापकोटा र युएनडिपीका प्रतिनिधिबीच शिष्टाचार भेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुख सापकोटा र युएनडिपीका प्रतिनिधिबीच शिष्टाचार भेट


५ फाल्गुन २०७६, सोमबार


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा युएनडिपी प्रतिनिधि लबेले सापकोटालाई प्रतिनिधिसभाको सभामुख निर्वाचित भएकामा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले नेपाल सन १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै सहकार्य जारी रहेको स्मरण गर्दै संविधानसभा निर्वाचनदेखि संघीय संसद्लाई गरेको सहयोगप्रति धन्यवाद दिए । उनले नेपालमा बहुआयामिक सहयोग गरिरहेको युएनडिपीले आगामी दिनमा पनि सहयोग जारी राख्ने विश्वास व्यक्त गरे ।

युएनडिपी प्रतिनिधि लबेले हाल नेपालका विभिन्न २६ क्षेत्रमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । संघीय संसद्, प्रदेश र स्थानीय तहको, न्यायिक समितिसँग काम गरिरहेको जानकारी दिँदै लबेले जलवायु परिवर्तनको क्षेत्रमा सहकार्य गर्न सकिने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस