रक्षामन्‍त्रीको टोली कालापानी अवलोकन गरी फर्कियो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रक्षामन्‍त्रीको टोली कालापानी अवलोकन गरी फर्कियो


५ फाल्गुन २०७६, सोमबार


दार्चुला । कालापानी अवलोकन गरेर रक्षामन्त्री ईश्वर पोखरेलको टोली फर्किएको छ । सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रका लागि उडेको टोली बिहान ९ बजे फर्केको हो।

उपप्रधान एवं रक्षामन्त्री पोखरेलसहितको टोलीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी, प्रदेशसभा सदस्य गेल्वुसिंह बोहरा र मानबहादुर धामीलगायत सुरक्षा अधिकारी थिए।

कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण अवतरण हुन नसकेपछि हेलिकोप्टरबाटै ब्यास गाउँपालिका– १ छाङरु, तिंकरलगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौड्यालले बताएका छन्।

दार्चुलाको व्यास गाउँपालिका १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको छ । नेपालको व्यास गाउँपालिकाको छांगरु र तिंकरमा हिमपातका कारण ६ महिना मात्रै मानिसको बसोबास हुने गरेको छ।

जिल्लाको व्यास गाउँपालिका–१ मा कालापानी, लिपुलेक र लिम्पीयाधुरा पर्छन् । उक्त क्षेत्रमा ६ महिनामात्रै मानव बस्ती बस्छ भने बाँकी ६ महिना जिल्ला सदरमुकाम खलंगामै बसोबास हुने गर्छ।

Tags :
प्रतिक्रिया दिनुहोस