वडाअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वडाअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


४ फाल्गुन २०७६, आइतबार


अख्तियार

काठमाडौँ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

थापाले उपभोक्ता समितिको अध्यक्ष पनि आफैं बनेर खानेपानी योजनामा कीर्ते गरेको खुलेको छ।

जिल्ला खानेपानी योजनाको कागजपत्र नक्कली बनाएर बनाएर कामै नगरी ६ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। अख्तियारले रकम हिनामिनामा संलग्न भएको आरोपमा वडाध्यक्ष थापासहित लिसंखुपाखर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन, तत्कालीन लेखापाल सुरेन्द्रबहादुर तितजुका, तत्कालीन असिस्टेन्ट सव-इन्जिनियर लिलबहादुर पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो।

अख्तियारले सोही प्रकरणमा वडा नम्बर ५ का बाबुलाल जोशी र दल बहादुर श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस