सालकको संरक्षणमा सबैले ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सालकको संरक्षणमा सबैले ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल


प्रशासन संवाददाता

२ फाल्गुन २०७६, शुक्रबार


हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोपोन्मुख जीव सालकको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

हेटौँडा–१७ स्थित सालक पार्कमा आयोजित कार्यक्रममा बोल्दै उनले दुर्लभ तथा अतिसङ्कटापूर्ण अवस्थामा पुगेका सालकको संरक्षण गर्ने तथा त्यसको महत्वको बारेमा धरैलाई जानकारी गराउने उद्देश्यले स्थापित भएको सालक पार्कलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले भने, ‘सालकको संरक्षण गर्न सक्यौ भने विश्वव्यापी रुपमा महत्वको विषय बन्छ । त्यसपछि यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराउने जिम्मा सरकारको हो ।’
उनले नजिकै रहेको मकवानपुरगढी र सालक पार्कलाई जोडेर वृहत पर्यटकीय क्षेत्र निर्माण गरिनुपर्नेमा जोड दिदैं सालक पार्कको क्षेत्र विस्तार गर्न जरुरी रहेको बताए ।

मुख्यमन्त्री पौडेलले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने सरकारको अभियानमा पर्यटन क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अति दुर्लभ वन्यजन्तु सालकको संरक्षणमा पार्कले खेलेको भूमिकाको प्रशंसा गरे ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहाल र पार्कका अध्यक्ष अर्जुनप्रसाद दाहालले सालकको संरक्षण गरी पर्यापर्यटन वृद्धि गर्ने उद्देश्यले स्थापित यो पार्कको प्रवर्द्धनमा सबैको सहयोग र समन्वयको आवश्यकता रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस