‘ए’ डिभिजन लिग : हिमालनय शेर्पाद्वारा एनआरटी पराजित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘ए’ डिभिजन लिग : हिमालनय शेर्पाद्वारा एनआरटी पराजित


२ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज सम्पन्न खेलमा हिमालयन शेर्पाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

खेलमा पहिलो अग्रता भने एनआरटीले लियो । खेलको ३०औँ मिनेटमा एनआरटीका खेलाडी राजेश परियारले गोल गर्दै एनआरटीलाई पहिलो अग्रता दिलाए । त्यस्तै हिमालयन शेर्पाले खेलको पहिलो हाफमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्यायो । हिमालयन शेर्पाका विदेशी खेलाडी स्टेफन समिरले खेलको ४१औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।

त्यस्तै खेलको पहिलो हाफको अत्तिरिक्त समयमा हिमालयन शेर्पाले एक गोल थप्यो । हिमालन शेर्पाका खेलाडी त्रिदेव गुरुङले गोल गर्दै हिमालयनको अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि अन्ततः हिमालनय शेर्पाले २–१ को जित हात पार्‍यो । जितसँगै हिमालयन शेर्पा १४ अङ्क जोड्दै तालिकाको दशौँ स्थानमा रहेको छ । यता १५ अङ्क जोडेको पराजित एनआरटी नवौँ स्थानमा छ ।रासस

प्रतिक्रिया दिनुहोस