पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन हुने, अख्तियार र सम्पति शुद्धिकरणलाई निर्देशन दिन राय पेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन हुने, अख्तियार र सम्पति शुद्धिकरणलाई निर्देशन दिन राय पेश


१ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन हुने भएको छ ।

बिहीबार बसेको संघीय संसदको राज्यव्यवस्था समितिको बैठकमा पूर्वप्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण विभागलाई निर्देशन दिन राय पेश भएको छ।

क्षेत्रीले पदको दुरुपयोग गरेर अकुत सम्पति कमाएको र भ्रष्टाचार गरेको भन्दै छानविनका लागि राज्यव्यवस्था समितिमा निवेदन परेको थियो । उनले पदको दुरुपयोग गरी कमाएको रकम राष्ट्रियकरण गरी कानुनी कारवाही गर्नु पर्ने, २०६० सालको तत्कालीन द्वन्द्वमा परेकाले पेन्सनबाहेक अन्य सेवा लिन नपाएको, आर्मी कल्याणकारी कोषबाट तलब भत्ता लिएको लगाएतको उजुरी परेको छ ।

उजुरीमाथि सुनुवाइ गर्दै संसदको एक उपसमितिले आफ्नो प्रतिवेदन रायसहित बुझाएको हो । उपसमितिमा सांसद नवराज सिलवाल, रेखा शर्मा र कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडु सदस्य रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस