राष्ट्रपति समक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति समक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश


१ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि तीन देशका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष आयरल्याण्ड, आइसल्याण्ड र आर्मेनियाका गैआवासीय राजदूत क्रमशः ब्रेन्डान वार्ड, गुडमन्डुर अर्नि स्टेफान्सन र आर्मेन मार्टिरोस्यानले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीका साथै राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस