कोरोना सङ्क्रमणको आशंका गरिएको बिरामी फरार, टेकु अस्पतालको चरम लापरबाही « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना सङ्क्रमणको आशंका गरिएको बिरामी फरार, टेकु अस्पतालको चरम लापरबाही


२९ माघ २०७६, बुधबार


काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको आशंकामा टेकु अस्पताल पुगेका एक बिरामी अस्पतालबाटै फरार भएका छन् ।

चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए ।

सामान्य चेक जाँच गर्ने क्रममा उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो । तर, निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार उनी साउदी अरबका नागरिक हुन् ।

‘कोरोना परीक्षण गर्न बाँकी नै थियो’ प्रवक्ता श्रेष्ठले भने, ‘भाषाको समस्या भएकाले उनलाई नियन्त्रणमा राख्न सकिएन ।’

अस्पतालमा बुधवार मात्रै कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा तीन जनालाई टेकु अस्पताल भर्ना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस