बंगलादेशका सेना प्रमुखद्वारा नेपालको औपचारिक भ्रमण, आज स्वदेश फिर्ता हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बंगलादेशका सेना प्रमुखद्वारा नेपालको औपचारिक भ्रमण, आज स्वदेश फिर्ता हुँदै


२८ माघ २०७६, मंगलबार


काठमाडौँ । मित्र राष्ट्र बंगलादेशका सेना प्रमुखले नेपालको पाँचदिने औपचारिक भ्रमण गरेका छन् ।

नेपाल भ्रमणमा रहेका बंगलादेशका सेना प्रमुख जनरल अजिद अहमद, बीएसपी, बीजीबीएम, पीबीजीएम, बीजीबीएमएस र पीएससीले पाँदिने नेपाल भ्रमण पुरा गरी आज स्वदेश फिर्ता हुने भएका छन् ।

प्रधानसेनापति पूर्ण चन्द्र थापाको औपचारिक निमन्त्रणमा माग २४ देखि नेपाल भ्रमण रहेका उनीहरुले सोमबार राष्ट्रपति तथा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।

भ्रमणकै क्रममा उनीहरुले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमणसमेत गरेका हुन् ।

आज २८ गते स्वदेश फिर्ता हुँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस