नासु बढुवाका लागि सामान्य प्रशासन मन्त्रालयको जरुरी सूचना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नासु बढुवाका लागि सामान्य प्रशासन मन्त्रालयको जरुरी सूचना


२७ माघ २०७६, सोमबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा बढुवाका लागि दरखास्त फाराम पेश गर्ने सम्बन्धमा स्पष्ट पारेको छ ।

मन्त्रालयले सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउँदै कर्मचारी समायोजन ऐन २०७५ बमोजिम सङ्घमा समायोजन भएका तर पदस्थापन हुन बाँकी रही हाल सङ्घ, प्रदेश र स्थानीय तहमा सेवारत कर्मचारीहरूलाई राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा बढुवाका लागि दरखास्त फाराम पेस गर्ने सम्बन्धमा द्विविधा उत्पन्न भएको देखिएको भन्दै कार्यरत रहेकै जिल्लामा हुने बढुवामा सहभागी हुन पाउने व्यवस्था रहेको जनाएको हो ।

‘संंघीय निजामती सेवामा समायोजन भई समायोजन हुनपूर्वदेखि नै जिल्लाको सङ्घ, प्रदेश र स्थानीय तहको कार्यालयमा खटिई निरन्तर कार्यरत रहेका र फाजिलमा परी निरन्तर रूपमा कार्यरत रहेका कर्मचारीहरूले कार्यरत रहेकै जिल्लामा हुने बढवामा सहभागी हुन पाउने’ विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस