प्रदेश २ का सांसदले दिए मुख्यमन्त्री कार्यालयमा ताला लगाउने चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश २ का सांसदले दिए मुख्यमन्त्री कार्यालयमा ताला लगाउने चेतावनी


प्रशासन संवाददाता

२७ माघ २०७६, सोमबार


जनकपुरधाम । प्रदेश २ का सांसदले मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । गत आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न भएका योजनाको रकम अहिलेसम्म भुक्तानी नभएको विरोधमा सांसदले तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।

केही सांसदको प्रदेशसभामा बसेको बैठकले भुक्तानीका निम्ति मुख्यमन्त्रीलाई पाँच दिनको अल्टिमेटम दिने र त्यस अवधीभित्र भुक्तानी नगरिए मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ताला लगाउने निर्णय गरेका छन् ।

प्रतिपक्षी नेकपा र कांग्रेसका साथै सत्तारुढ समाजवादी र राजपाका समेत सांसदहरुको सहभागिता रहेको बैठकले सरकारलाई अल्टिमेटम दिने तय गरेको छ ।

प्रदेश २ मा आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न गरिएका ८ सय ४२ वटा योजनाको झण्डै ८३ करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ ।

मुख्यमन्त्री लालबाबु राउतले केही दिनअघि प्रदेशसभाको दोस्रो वार्षिक उत्सवमा मन्त्रीहरुले जथाभावी रुपमा मौखिक रुपमै कामको अख्तियारी दिएकाले भुक्तानीको समस्या देखिएकोे बताएका थिए ।

कर्मचारीहरुले लिखित अख्तियारी बिना योजना बाँडिएकाले आर्थिक नियमावली अनुसार गत वर्ष काम भएका कतिपय आयोजनाको भुक्तानी दिन नसक्ने बताउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस