मेयरले बन्द गराए २७ वर्ष पुरानो पान पसल, मेयरविरुद्ध प्रहरीमा उजुरी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मेयरले बन्द गराए २७ वर्ष पुरानो पान पसल, मेयरविरुद्ध प्रहरीमा उजुरी


२७ माघ २०७६, सोमबार


इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले २७ वर्ष पुरानो पान पसल बन्द गराएका छन् ।

नगरपालिका नजिकै रहेको पान पसलले फोहोर गरेको भन्दै मेयर चौधरीले सुवास शाहले सञ्चालन गर्दै आएको पान पसल बन्द गराएका हुन् । पान पसलमा लागूऔषध पनि बेच्ने गरेको र फोहोर गरेको भन्दै पत्र टाँस गरेर पसल बन्द गराएको बताइएको छ ।

पसल बन्द पछि स्थानीय व्यापारी आक्रोशित बनेका छन् ।

मेयर चौधरीले पसल बन्द गर्नु अघि कुनै पनि जानकारी नदिएको स्थानीय व्यापारीको गुनासो छ ।

इटहरी रेडिमेट व्यवसायी संघका सचिव हरि खतिवडाले व्यक्तिको पेशामा मनपरि गरेको आरोप लगाएका छन् । उनले पसल बन्द गर्नु अघि कुनै पनि जानकारी नगराइएको बताएका छन् ।

नगरपालिकाबाट उत्पादित फोहोर व्यवस्थापन गर्न नसक्दा मेयरले व्यक्तिको व्यवसायमाथि मनपरी गरेको भन्दै स्थानीय व्यापारीहरु आक्रोशित बनेका छन् । जनता मेयरबाट सुरक्षित रहँदैनन भने मेयरपनि जनताबाट सुरक्षित नरहने स्थिति आउन सक्ने भन्दै आफूहरुले आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन् ।

यस्तै, मेयर चौधरी विरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी परेको छ । व्यापारी सुवास शाहले आफूले २७ वर्षदेखि सञ्चालन गर्दै आएको पसल मेयर चौधरीले बन्द गरिदिएको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस