२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से दोहोरो अङ्कले ओरालो

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको बजार पुनः ओरालो लाग्ने क्रम शुरु भएको छ । सोही क्रममा आज नेप्सेमा १३.७० अङ्कले घटेर एक हजार ३१९.९९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक तीन अङ्कले घटेर २८१.०४ मा पुगेको छ ।

नेप्से ओरोलो लाग्दा कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर रु ९५ करोड ४ लाख २ हजार ५८४ मा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ ।

सो उपसमूह १७.४८ ले बढ्दा बैंकिङ १२.३९, व्यापार ५.६४, होटल ५४.३२, विकास बैंक १९.१४, जलविद्युत् ८.३४, वित्त ५.५१, निर्जीवन बीमा १३१.५१, अन्य ४.०५, लघुवित्त २०.६९, जीवन बीमा ७५.८६ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा नेको इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ९२ लाख ५५ हजार ७६७ मूल्य बराबरको शेयर खरीद बिक्री भए । यस्तै ग्लोबल आइएमइ बैंक रु ३ करोड ५३ लाख ५७ हजार ९२७, एनआइसी एशिया रु तीन करोड ४६ लाख २३ हजार ५३३, नागरिक लगानी कोष रु तीन करोड १६ लाख ३० हजार २५१, नेपाल इन्भेस्टमेन्ट बैंक रु दुई करोड ७१ लाख १० हजार ८२२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्था ३.८८, कञ्चन डेभलपमेन्ट बैंक ३.२८, छ्याङदी हाइड्रोपावर २.१३, सिभिल लघुवित्त वित्तीय संस्था २।०४, शिवम् सिमेन्ट १.९५ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १.८५ प्रतिशतले कमाए । त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्स ५.७५, दिव्यश्वरी हाइड्रोपावर ५.६६, नेपाल फाइनान्स ५.६३, सेन्ट्रल फाइनान्स ५.२९, ओरियन्टल होटल ४.८६ र मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ४.२२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस