अमेरिकी सिनेटद्वारा राष्ट्रपति ट्रम्पलाई सफाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकी सिनेटद्वारा राष्ट्रपति ट्रम्पलाई सफाई


२३ माघ २०७६, बिहिबार


अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोग प्रक्रियाबाट सफाइ पाएका छन् । ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लोसदन सिनेटमा बुधबार राष्ट्रपति पदबाट हट्न नपर्ने गरी सफाइ पाएका हुन् ।

शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२–४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३–४७ मत पाएको बीबीसीले जनाएको छ ।

विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए।

आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन्। बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।

डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो।

अमेरिकामा हालसम्म दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन्।

सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्धको आरोप सिनेटले खारेज गरिदिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस