काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले हाजिरी खाता गायब गरेका छन् । सरुवा भएर आएका कार्यकारी अधिकृत पुरुषोत्तम घिमिरेलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब बनाएपछि नगरका कर्मचारीले महिना दिनदेखि हाजिर गर्न पाएका छैनन् ।
तत्कालीन कार्यकारी अधिकृत राजकुमार केसी धनुषाको नगराइन नगरपालिकामा सरुवा भएर गएपछि रौतहटको चन्दपुर नगरपालिकाबाट पुस २८ मा घिमिरे सरुवा लिएर आएका थिए ।
सोही दिन २८ गते नगरपालिका कार्यालयमा हाजिर हुन पुग्दा मेयर दासले कार्यकारीले हाजिर गर्ने एक नम्बर हाजिरी रजिस्टर लिएर हिँडेका थिए । त्यसपछि घिमिरेले नयाँ रजिस्टर किनेर त्यसैमा हाजिर जनाउँदै आएका छन् । अरू अधिकृत कसैले पनि एक महिनादेखि हाजिर गर्न पाएका छैनन् ।
त्यसो त भोलिपल्ट (माघ २९) देखि कार्यकारीको कार्यकक्षमा नै दासले नै तालाबन्दी गर्न लगाएपछि उनी उपमेयरको कोठामा बसेका छन्।