पेट्रोल र डिजलको भाउ घट्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेट्रोल र डिजलको भाउ घट्यो


२० माघ २०७६, सोमबार


नेपाल आयल निगम

काठमाडौफ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक हजार तीन सय २५ रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस