अर्थसचिव डा. राजन खनाल सेवाबाट अवकाश पाउँदै, राष्ट्र बैंकको सदस्य पद आजदेखि रिक्त हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्थसचिव डा. राजन खनाल सेवाबाट अवकाश पाउँदै, राष्ट्र बैंकको सदस्य पद आजदेखि रिक्त हुने


२० माघ २०७६, सोमबार


बैंक

काठमाडौं । अर्थसचिव डा. राजन खनाल सेवाबाट अवकाश पाउँदै छन् । उनको अवकाशसँगै राष्ट्रबैंकको सञ्चालक समिति सदस्य पद पनि रिक्त हुने भएको छ ।

उनी अनिवार्य अवकाश पाएर आगामी २२ गते सरकारी सेवाबाट बिदा हुँदैछन् । तर उनको अवकाश पाउन २ दिन बाँकी रहँदै राष्ट्र बैंकले उनलाई सोमबार नै बिदाइ गर्ने तयारी गरेको छ ।

बैंकको आज (सोमबार) बस्ने सञ्चालक समिति बैठकले खनालको बिदाइ गर्न लागेको हो बैंकको बोर्ड बैठक अर्को साता मात्रै बस्ने भएपछि कार्यकाल दुई दिन बाँकी छँदै उनको बिदाइ गर्न लागेको राष्ट्रबैंकका अधिकारलिे बताएका छन् ।

राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै हुने व्यवस्था छ । अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार खनाल राष्ट्र बैंकको सञ्चालक सदस्य थिए ।

आजै उनको लागि राष्ट्रबैंकले विदाइ भोज पनि गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस