चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चालकसहित अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चालकसहित अख्तियारको नियन्त्रणमा


१९ माघ २०७६, आइतबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई नियन्त्रणमा लिएको छ ।

प्रशासन विशेष स्रोतका अनुशार उनलाई चालकसहित नियन्त्रणमा लिइएको हो ।

सेवाग्राहीको गुनासोपछि आइतबार दिउँसो पुगेको अख्तियारको टोलीले उनलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले प्रशासनलाई बताए ।

नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका –१२ स्थित वलम्बु च्याउ सहकारी अगाडीबाट सवारी चालक संचित दुलाल र प्रमुख प्रशासकीय अधिकृत पौडेलसहित दुवै जनालाई घुससहित पक्राउ गरेको हो ।

पौडेलमाथि अनुसन्धान सुरु गरिएको प्रवक्त्ता कोइरालाले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस