कोरोना भाइरस : ३०४ जनाको मृत्यू, चीन बाहिर पहिलो पटक एक जनाको ज्यान गयो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना भाइरस : ३०४ जनाको मृत्यू, चीन बाहिर पहिलो पटक एक जनाको ज्यान गयो


१९ माघ २०७६, आइतबार


काठमाडौं । कोरोना भाइरसका कारण हालसम्म ३०४ जनाको मृत्यु भइसकेको छ । आइतबार बिहानसम्मको जानकारी अनुसार ३०४ जनाको ज्यान गइसकेको छ ।

कोरोना भाइरसबाट चीन बाहिरको देशमा पनि एक जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । चीनबाहिर भाइरसका कारण फिलिपिन्समा एक जनाको ज्यान गएको जनाएको छ । ज्यान गुमाउनेमा ४४ वर्षीय एक पुरुष रहेका छन् । उनको परिचय खुलेको छैन । फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार, अस्वस्थ भएपछि ती व्यक्ति जनवरी २५ मा सान लजारो हस्पिटतलमा भर्ना भएका थिए । त्यहीँ उनको शनिबार निधन भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो भाइरसको संक्रमण विश्वका अन्य २२ देशमा देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस