करको दर घटाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

करको दर घटाइने


१८ माघ २०७६, शनिबार


काठमाडौँ । उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले करको दर घटाइने बताएका छन् ।

करको दर धेरै भयो भनेर देशभरबाट गुनासो आएकाले करको दर घटाउने तयारीमा सरकार रहेको जानकारी पोखरेलले दिएका हुन् ।

देउराली जनता फर्मास्युटिकल्सको २९औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेल तीन तहको सरकार भएको र तीन तहकै सरकारले कर उठाउन थालेका कारण करको दर धेरै हुन गएपछि पुनर्मूल्यांकण गरिने बताए ।

मन्त्री पोखरेलले भने, ‘हामीलाई जनताले चुनाव जिताएर पठाएका हुन, हामीले जनतालाई खुसी बनाएर नै जनताको मन जित्ने हो, कर धेरै भयो भनेर व्यापक गुनासो आएको छ, गुनासो सम्बोधन गर्न कर घटाउने गृहकार्यमा छौँ ।’

उनले कर्पोरेट करको दर धेरै भयो भनेर उद्योगी व्यवसायीले गुनासो गर्दै आएको पनि बताए । नेपाली औषधि उत्पादक उद्योगीले विदेशी औषधिको आयातमा कडाइ गर्न माग गरिरहेको समयमा मन्त्री पोखरेलले भन्सार महसुल कम गरेर आयात प्रोत्साहन गर्ने पनि बताएका थिए ।

नेपाली औषधि उद्योगले विदेशी औषधि आयातमा कठाइ गर्नुपर्ने माग गरिरहेको समयमा रक्षा मन्त्री पोखरेलले भन्सार महसुल कम गरेर आयात प्रोत्साहन हुने प्रकारको अभिव्यक्ति दिएका हुन् ।

नेपालमा वार्षिक करिब ४० अर्व रुपैयाँ बराबरको औषधि आयात हुने गरेको छ । नेपाली औषधि उद्योगहरूले औषधि आयातमा कडाइ गरौँ भन्दा सरकारले कुनै चासो नदेखाएको देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए ।

औषधिजन्य वस्तुको आयातमा लाग्दै आएको भन्सार दर घटाउनुपर्ने शर्माको भनाइ छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमा नै औषधि उत्पादन गर्ने कम्पनीलाई सहयोग गर्न सरकार लागिपरेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस