धक्का भनेको के हो–देउवा, कोरोना भाइरस हो–प्रधानमन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धक्का भनेको के हो–देउवा, कोरोना भाइरस हो–प्रधानमन्त्री


१५ माघ २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धक्का भनेको कोरोना भाइरस भएको बताएका छन् । मंगलबार संसदमा कांग्रस सभापति देउवादे गरेको प्रश्नको जवाफ दिँदै उनले कोरोना भाइरसलाई धक्काको संकेत दिएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदमा सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिने क्रममा भ्रमण वर्ष २०२० को सुरूमा प्राकृतिक धक्का लागेको बताएका थिए।

तर प्रधानमन्त्रीपछि बोलेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले धक्काको कुरा गरेकोले त्यो धक्का के हो भन्ने प्रश्न गरेका थिए।

प्रधानमन्त्री ओलीले बुधबार केन्द्रीय कमिटी बैठकबाट देउवाको प्रश्नको जवाफदिँदै आफूले कोरोना भाइरसको कुरालाई धक्का भनेको प्रष्ट पारे।

उनले नेपालमा एक जनामा मात्रै कोरोना भाइसरको संक्रमण देखिएको बताए। ‘एक जनामा मात्रै लक्षण देखिएको हो,’ उनले भने, ‘खासै असर पुर्‍याउँदैन।’

Tags :
प्रतिक्रिया दिनुहोस