पूर्वाधार विकास कार्यालयका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्धा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वाधार विकास कार्यालयका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्धा


१५ माघ २०७६, बुधबार


अख्तियार

काठमाडौँ । पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत बिष्णुहरि पुडासैनीविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार मुद्धा दायर भएको छ ।

सडक निर्माणका लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोबिलाइजेशन पेस्की लिन आएका सेवाग्राहीसँग २२ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्धा दायर गरेको हो ।

पुडासैनीले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा टंगालबाट खटिइएको आयोगको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा पीकेबी निर्माण सेवामार्फत हेटौंडा फर्पिङ, सिस्नेरी सडक निर्माणको लागि टेन्डर सम्झौता बमोजिमको मोविलाइजेशन पेश्की उपलब्ध गराउने क्रममा पुडासैनीले आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी सेवाग्राहीसँग उक्त रकम घुस लिएको खुल्न आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्

Tags :
प्रतिक्रिया दिनुहोस