ईपीएस उत्तीर्ण ५९ युवाबारे अनुसन्धान गर्न प्रहरीलाई पत्र « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

ईपीएस उत्तीर्ण ५९ युवाबारे अनुसन्धान गर्न प्रहरीलाई पत्र


१५ माघ २०७६, बुधबार


काठमाडौँ । वैदेशिक रोजगार विभागले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षामा उत्तीर्ण ५९ जनाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पत्र काटेको छ ।

नक्कली परीक्षार्थी राखेर भाषा परीक्षा उत्तीर्ण गरेको आशंकामा उनीहरूको राहदानीसहित अनुसन्धान गर्न विभागले मंगलबार महानगरीय अपराध महाशाखालाई पत्र पठाएको हो। अनुसन्धानमा परेका परीक्षार्थी यस वर्ष नै कोरिया जाने सूचीमा परेका थिए।

कोरिया भाषा प्रशिक्षण केन्द्रका सञ्चालक र कोरियाबाटै काम गरेर आएका व्यक्तिले मोटो रकम लिएर अर्कैको नाममा परीक्षा दिएको भन्ने विभागको ठहर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस