बर्दियामा आफैंले बोकेको बन्दुक पड्केर प्रहरी घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बर्दियामा आफैंले बोकेको बन्दुक पड्केर प्रहरी घाइते


१४ माघ २०७६, मंगलबार


काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–४ ढोडरी स्थित कुमराघाटमा बन्दुक पड्किँदा एक प्रहरी जवान घाइते भएका छन्।

विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न गएको बेला आफैंले बोकेको बन्दुक पड्किँदा गंगाराम चौधरी घाइते भएका हुन् ।

घाइते प्रहरीलाई भेरि अस्पताल, नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।

प्रहरीको दाहिने खुट्टामा गोली लागेको प्रारम्भिक जानकारी आएको जनाइएको छ । टोलीले विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ भने दुई जना फरार छन् ।

पक्राउ पर्नेमा जयबहादुर ठाडा मगर र रोहित सुनार छन् ।  फरारको खोजी जारी रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस