नेकपाको सचिवालय बैठक ४ बजे बस्दै, अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन अनुमोदन गर्ने तयारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपाको सचिवालय बैठक ४ बजे बस्दै, अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन अनुमोदन गर्ने तयारी


१४ माघ २०७६, मंगलबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवाल बैठक मंगलबार अपराह्न ४ बजे बस्ने भएको छ । बैठकमा १५ माघबाट सुरू हुने पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन अनुमोदन गर्ने मुख्य कार्यक्रम रहेको छ ।

केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । सचिवालय बैठकले भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा पेश हुने राजनीतिक प्रतिवेदन अनुमोदन गर्ने तयारी रहेको बुझिएको छ ।

गत मंसिरदेखि २९ गते देखि पुस ०७६ मा बसेको स्थायी समिति सदस्यले राखेका धारणा र प्रतिक्रिया आवश्यक संशोधनसहित दुवै अध्यक्षले प्रतिवेदन तयार पारेका हुन् । स्थायी समितिको उक्त बैठकमा सदस्यहरूले राखेका धारणा केन्द्रीय समिति सदस्यहरुबीच छलफल गराएर अनुमोदन गर्ने तयारी नेकपाको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस