कोरोना भाइरस : चीनमा मृत्यु हुनेको संख्या ८२ पुग्यो, चीनबाहिर ४७ जनामा संक्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना भाइरस : चीनमा मृत्यु हुनेको संख्या ८२ पुग्यो, चीनबाहिर ४७ जनामा संक्रमण


१४ माघ २०७६, मंगलबार


एजेन्सी । कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ८२ पुगेको छ । करिब ३ हजार जनामा संक्रमण भएको पुष्टि भएको अधिकारीहरुले बताएका छन् ।

चीन बाहिरका देशमा ४७ जनामा यो भाइरसको संक्रमण भइसकेको छ । चीन बाहिरका देशमा कोरोना संक्रमित व्यक्तिको मृत्यु भने भएको छैन ।

हाल पछिल्लो पटक क्यानडामा पनि कोरोनाको संक्रमण फैलिएको जानकारी आएको छ । नेपाल लगायत थाइल्याण्ड, अमेरिका, अष्ट्रेलिया, सिङ्गापुर, ताइवान, मलेसिया, दक्षिण कोरिया, फ्रान्स, जापान, भियतनाम, क्यानडा, कम्बोडिया, श्रीलङ्का र जर्मनीमा कोरोनाको संक्रमण फैलिसकेको छ ।

चीनको वुहान बाट फैलिएको यो भाइरसको संक्रमणबाट राजधानी बेइजिङमा पनि एकजनाको ज्यान गएको छ । राजधानी बेइजिङमा कोरोनाको संक्रमणबाट ज्यान गएको पहिलो घटना को ।

वुहान शहरको हुवेइ प्रान्तमा मात्रै ७६ जनाको ज्यान गएको छ ।

कोरोना भाइरस : नआत्तिन र उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव,

कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन ,

कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, २ हजार भन्दा बढी सङ्क्रमित,

कोरोना भाइरसको परीक्षण नेपालमै हुने,

भाइरस सङ्क्रमण नियन्त्रणका लागि थप स्वास्थ्यकर्मी पठाइयो,

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न काँग्रेसको माग,

 

Tags :
प्रतिक्रिया दिनुहोस