अपाङ्गतामैत्री प्रदेश बनाउने : मुख्यमन्त्रीराई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अपाङ्गतामैत्री प्रदेश बनाउने : मुख्यमन्त्रीराई


प्रशासन संवाददाता

१३ माघ २०७६, सोमबार


विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गतामैत्री भएको बताएका छन् । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको आज यहाँ शुभारम्भ गर्दै उनले अपाङ्गतामैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिए।

उनले अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना गर्नुका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका साथै उनीहरुको विकासका गरी स्वस्थ्य र समुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गरे । अपाङ्गता भएका व्यक्तिलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनले जानकारी दिए ।

प्रदेश नं–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्ग भएर जन्मनुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपाङ्गता बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश सरकारले शुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

करुणा फाउण्डेसनका अध्यक्ष प्रा डा.भगवान कोइरालाले प्रदेश सरकारसँगको सहकार्यबाट अभियानले प्रदेशको ४९ प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुग्ने बताए । सामाजिक विकाश मन्त्रालय तथा स्थानीय तह र करुणा फाण्डेशनको त्रिपक्षीय साझेदारीमा शुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा १३७ पालिकामध्ये २६ वटा पालिकामा लागू हुनेछ ।

पहिलो चरणमा मोरङ, सुनसरी, धनकुटा तथा पाँचथर जिल्लामा यो आगामी तीन वर्षसम्म सञ्चालन हुने छ । सोही अवसरमा ह्विलचियरमा विश्वयात्रा गर्नु हुने ओखलढुङ्गाका तेजबहादुर कार्कीलाई रु ५१ हजार नगदसहित सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस