चर्चित बास्केटबल खेलाडीको हेलिकोप्टर दुर्घटनामा मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चर्चित बास्केटबल खेलाडीको हेलिकोप्टर दुर्घटनामा मृत्यु


१३ माघ २०७६, सोमबार


काठमाडौँ । चर्चित अमेरिकी बास्केटबल लेजेण्ड कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। क्यालिफोर्नियाको कालाबास सहरमा भएको दुर्घटनामा ४१ वर्षीय ब्रायन्टको ज्यान गएको हो ।

लस एन्जलस प्रहरीका अनुसार, आफ्नै नीजि हेलिकोप्टरमा यात्रा गरिरहेका उनकी छोरी गियनासहित नौ जनाको ज्यान गएको छ । हेलिकोप्टरमा सवार कोही पनि जीवित नरहेको जनाइएको छ ।

उनले पाँच पटक एनबीए च्याम्पियन र ओस्कार जितेका थिए । ब्रायन्टलाई अमेरिकी बास्केटबलमा अहिलेसम्मकै महान खेलाडी मानिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस