श्रम स्वीकृतिका लागि बीमा गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो अनलाइन सेवा प्रदायक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

श्रम स्वीकृतिका लागि बीमा गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो अनलाइन सेवा प्रदायक


१२ माघ २०७६, आइतबार


काठमाडौँ । श्रम स्वीकृतिका लागि बीमा गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो अनलाइन सेवा प्रदायक बनेको छ ।

वैदेशिक रोजगारमा जाने श्रमिकहरूको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएसँगै सन नेपाल पहिलो बनेको हो ।

विभाग र कम्पनी बिच बिभिन्न सातवटा बुँदामा सम्झौता भएको छ ।

हेर्नुहोस् सम्झौता

१. बीमा कम्पनीले विभागसँग सम्झौता गरेका अनलाइन भुक्तानी सेवा प्रदायक सञ्चालकसँग सम्झौता गरी वैदेशिक रोजगार म्यादी बीमा विद्युतीय माध्यमबाट जारी गर्ने तथा वीमा नवीकरण गराउनुका साथै सो को भुक्तानीको व्यवस्था मिलाउने छ।
२. त्यसरी जारी भएको बीमाको जानकारी सोझै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गराउनु पर्नेछ।
३. कम्पनीको जुनसुकै शाखाले बीमा पोलिसी जारी गर्न सक्नेछ। अब श्रम तथा रोजगार कार्यालयको वरिपरी रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु पर्नेछैन।
४. अबको एक हप्ताभित्र यो सेवा प्रारम्भ गरिसक्नु पर्नेछ।
५. उक्त सेवा वापत बीमा कम्पनीले सेवाग्राहीबाट कुनै थप शुल्क लिन पाउने छैन।
६. वैदेशिक रोजगारीमा गएको व्यक्तिले आफू कार्यरत देश वा उक्त देश हेर्ने नेपाली कूटनैतिक नियोगबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गर्ने वित्तिकै बीमा पोलिसी अनलाइन नवीकरण गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ।
७. बीमित ब्यक्तिले आफूले तिरेको प्रिमियमको रकम अनलाइनबाटै हेर्न सक्ने व्यवस्था मिलाइनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस