पोखरा विमानस्थलबाट गोली सहित एक जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पोखरा विमानस्थलबाट गोली सहित एक जना पक्राउ


१२ माघ २०७६, आइतबार


पक्राउ

पोखरा । पोखरा विमानस्थलबाट गोली सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा २७ रिठ्ठेपानीका ४० वर्षिय जितु शाही रहेको प्रहरीले खुलाएको छ ।

यति एअरको उडानबाट काठमाडौं जान लागेका शाहीले बोकेको झोलालाई एक्सरे मेशिनले चेकजाँच गर्दा २२ बिओआर राइफलमा प्रयोग हुने २९ राउन्ड गोली फेला परेको प्रहरीले उल्लेख गरेको छ । शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस