गोरखामा विप्लव समूहका जिल्ला जनसरकार प्रमुखसहित दुई पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गोरखामा विप्लव समूहका जिल्ला जनसरकार प्रमुखसहित दुई पक्राउ


११ माघ २०७६, शनिबार


विप्लव

गोरखा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गण्डकी गाउँपालिका ७ घ्याल्चोकका विष्णुप्रसाद रिजाल र शहीदलखन गाउँपालिका ४ ताक्लुङका रोहितप्रसाद पन्तलाई शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए।

६७ वर्षीय रिजाल जिल्ला जनसरकार प्रमुख हुन् भने ४८ वर्षीय पन्त विप्लव नेतृत्व माओवादीका किसान संगठनका पूर्वप्रमुख हुन्। प्रहरीले उनीहरु दुबैलाई शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको एसपी अधिकारीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस