कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु


११ माघ २०७६, शनिबार


बेइजिङ । चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु भएको छ ।

चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) का अनुसार हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमणबाट डाक्टरकै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो । डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेको चिनियाँ सञ्चार माध्यमलले जनाएका छन्।

योसँगै चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ। त्यस्तै एक हजार २ सय भन्दा बढीमा यसको संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस