टर्कीमा शक्तिशाली भूकम्प, १४ को मृत्यु, सयौं घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

टर्कीमा शक्तिशाली भूकम्प, १४ को मृत्यु, सयौं घाइते


११ माघ २०७६, शनिबार


एजेन्सी । टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किँदा सयौं मानिस सडकमा आएका त्यहाँका अधिकारीले बताएका छन् ।

भूकम्पको धक्का छिमेकी मुलुक सिरिया, लेबलान र इरानमा पनि महसुस गरिएको थियो ।

स्थानीय समयअनुसार शुक्रबार ८ः८८ मा भूकम्प गएको थियो ।

टर्कीको विपद् तथा आपतकालिन व्यवस्थापन प्राधिकरणका अनुसार ६० पराकम्पहरु मापन गरिएका छन् । उद्दारमा ४०० उद्दार टोली खटाइएका छन् ।

टर्कीको पश्चिम सहर जमितमा सन् १९९९ गएको भूकम्पमा १७ हजार मानिसको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस