प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा बजेट पठाइँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा बजेट पठाइँदै


११ माघ २०७६, शनिबार


काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय तहमा न्यूनतम एक सय दिनको रोजगारीका लागि बजेट पठाउने भएको छ । ७५३ वटा स्थानीय तहबाट आएका आयोजना र बेरोजगारको सङ्ख्याका आधारमा स्थानीय तहमा अर्को हप्ता बजेट पठाउने भएको हो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमासबै स्थानीय तहका परियोजनामार्फत युवालाई एकसय दिनको रोजगारी दिने लक्ष्यसहित पाँच अर्ब एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले सबै स्थानीय तहलाई बेरोजगार युवाको संख्या र परियोजना पठाउन कात्तिकमै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरेको थियो । ५६४ वटा स्थानीय तहबाट विवरण आइसकेको र अन्यको आउने क्रम रहेको मन्त्रालयले जनाएको छ । ७५३ वटा स्थानीय तहका ६० हजार गरिब तथा विपन्न परिवारका बेरोजगारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस