प्रिमियर इन्स्योरेन्स द्वारा बुनिलालको परिवारलाई १० लाखको चेक हस्तानान्तरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रिमियर इन्स्योरेन्स द्वारा बुनिलालको परिवारलाई १० लाखको चेक हस्तानान्तरण


९ माघ २०७६, बिहिबार


वीरगंज । वीरगंज महानगरका फायरमैन बुनिलाल चौरसियाकी पत्नी फुलपति देवीलाई १० लाख रुपैयाँकोे प्रदान गरिएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनिमा वीरगंज महानगरका सबै कर्मचारीको विमा भएको अवस्थामा उनको मृत्यु भएपछि उक्त विमा दावी रकम बुनिलालकी पत्नी फुलपतिदेवीलाई हस्तान्तरण गरिएको थियो ।

वीरगंज महानगरको सभाहलहमा आयोजित कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी र प्रियमियर इन्स्योरेन्सकाक प्रमुख कार्यकारी अधिकृत विश्वराज तिम्लाले संयुक्त रुपममा चेक हस्तनान्तरण गरेका थिए । नेपाल प्रालिको तर्फबाट उक्त दावी रकमको चेक हस्तान्तरण असोज ७ गते फायरमैन वीरगंज १६ निवासी बुनिलाल चौरसियाको मृत्यु भएको अवस्थामाम उनको परिवरारले विमा रकम दावी गरेको थियो।महानगरले फायरमैनको जीवन विमा गरेको अवस्थामा प्रिमियर इन्योरेन्स कम्पनिका पदाधिकारी तथा वीरगंज महानगरका कर्मचराीहरुकको रोहबरमा चेक हस्तान्तरण गरिएको थियो ।

वीरगंजका मेयर सरावगीले आजको समयमा विमा एक प्रकारको बचत गर्ने सुविधासंगै भवितव्यमा आई पर्ने समयमा सहयोग पुग्ने कुरा भएकोले हरेक जनधनको विमा गर्न सर्वसधारणलाई सुझाव दिए ।

कार्यक्रममा प्रिमियर इन्सुरेन्श कम्पनिका प्रमुख कार्यकारी अधिकृत विश्वराज तिम्ला,नायब महाप्रबन्धक दिपेन्द्रराज गौत्तम,प्रदेश २ का प्रादेशिक प्रबन्धक विज्ञानविक्रम शाह र क्षेत्रीय अधिकृत शशि विचित्रलगायतको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस