गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी उपमेयर उतै लुकिन् « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी उपमेयर उतै लुकिन्


९ माघ २०७६, बिहिबार


काठमाडौँ । गोष्ठीमा सहभागी हुन भनेर गत कात्तिकमा अमेरिका पुगेकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै ‘लुकेकी’ छन् ।

नेपाल नगरपालिका संघमार्फत एउटा गोष्ठीमा सहभागी हुन भनेर उपमेयर दर्शना गत कात्तिकमा अमेरिका पुगेकी थिइन् ।

अमेरिका पुगेकी दर्शना केही समयसम्म सामाजिक सञ्जाल मार्फत नगरपालिकाका प्रमुख (मेयर)रत्नबहादुर बाहीसँग सम्पर्कमा थिइन् । तर, पछिल्लो ! महिनाभन्दा बढी समयदेखि उनी सम्पर्कविहीन भएकी मेयर शाहीले बताएका छन् ।

नगरपालिकाका कर्मचारीहरुले भने मेयर दर्शना अमेरिकामै लुकेको चर्चा गर्न थालेका छन् । तर, मेयर शाही भने दर्शना उतै लुकेको हो या कुनै समस्यामा परेको हो भन्ने विषयमा अहिले नै केही भन्न नसकिने बताउँछन् ।

उपमेयर दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्य समेत हुन् ।

उनी तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवारका रुपमा तिलागुफा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् । तत्कालीन माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य रहेकी दर्शनालाई पार्टीले उपमेयरको उम्मेदवार बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस