जापानले सिक्स जी नेटवर्क ल्याउँदै, फाइभ जी नेटवर्क भन्दा १० गुणा तिव्र « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जापानले सिक्स जी नेटवर्क ल्याउँदै, फाइभ जी नेटवर्क भन्दा १० गुणा तिव्र


८ माघ २०७६, बुधबार


जापान । जापानले सिक्स जी नेटवर्क ल्याउने भएको छ । विश्वका धेरै विकशित देशहरु अहिले फाइभ जी नेटवर्कका पूर्वाधारहरु विकास गर्ने काममा लागिरहेका बेला जापान चाहिँ फाइभ जी भन्दा एक कदम अगाडि सिक्स जी नेटवर्कको विकासमा अगाडि बढेको हो ।

जापानी सञ्चार माध्यम निक्केइको एक रिपोर्ट अनुसार जापानले सिक्स जी नेटवर्कको आउटलाइन तयार गरिरहेको छ ।

समाचार अनुसार जापानको सिक्स जी नेटवर्क मौजूदा फाइभ जी नेटवर्क भन्दा १० गुणा तिव्र गतिको हुनेछ ।

सिक्स जी नेटवर्क विकासका गर्नका लागि जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले यसै महिना सिभिलियन सोसाइटी अफ रिसर्चको गठन गर्दैछ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस