कर्मचारीले गाउँपालिकाको गाडि सिक्न खोज्दा… « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीले गाउँपालिकाको गाडि सिक्न खोज्दा…


८ माघ २०७६, बुधबार


नवलपुर । मंगलबार साँझ गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको थियो भने ४ जना अन्य घाइते भएका थिए । नवलपुरको हुब्सेकोट गाउँपालिकाको ग१झ३८९ नम्बरको स्कार्पियोको ठक्करबाट हुप्सेकोट–४का ५ वर्षीय बालक डिपु गाहाको मृत्यु भएको थियो ।

सोही ठाउँका ५५ वर्षीय भीमबहादुर लुंगेली, २६ वर्षीया मीना गाहा, ७० वर्षीय पूर्ण बहादुर लामा र हुप्सेकोट–५का वडाअध्यक्ष पदमबहादुर राना घाइते भएका थिए । घाइतको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

गाउँपालिकाको गाडि वडाअध्यक्ष राना चढेको ना१ब२५७९ नम्बरको मोटरसाइकलाई ठक्कर दिएर अन्य चार जनालाई पनि ठक्कर दिन पुगेको थियो ।

गाडि गाउँपालिकाका कर्मचारी शिवप्रसाद सुवेदीले सिक्ने क्रममा ठक्कर दिएको स्थानीयको आरोप छ । घटनापछि मंगलबार स्थानीयले केही कर्मचारीलाई गाउँपालिकाको कार्यालयमा थुनेको थियो । बेलुका मात्रै उनीहरुलाई निकालेको थियो ।

स्थानीय दोषीलाई कारबाहीको माग गर्दै गाउँपालिकामा जम्मा भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

गाडि चालक र आरोपित कर्मचारी सुवेदी भने फरार रहेका छन् । गाउँपालिकाको गाडिमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस