ट्रक पल्टिदा सातको मृत्यु, ३७ घाइते, १५ को अवस्था गम्भीर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ट्रक पल्टिदा सातको मृत्यु, ३७ घाइते, १५ को अवस्था गम्भीर


७ माघ २०७६, मंगलबार


धादिङ । भोज खाएर फर्किदै गरेको रिजर्भ मिनिट्रक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भिर रहेको छ । ट्रकमा ४५ जना यात्रु सवार रहेको बुझिएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका–४ मा रहेको ढोलामण्डलीमाइको दर्शन गरी धादिङवेशीतर्फ फर्किदै गरेको ग १ ख ८०१२ नम्बरको ट्रक नीलकण्ठ नगरपालिका–८ मैदी भन्ज्याङ नजिकै सडकमा नै पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएर जिल्ला अस्पतालमा ल्याइएका ३७ बिरामीमध्ये ११ जनालाई नेपाली सेनाको हेलिकप्टरमा र ४ जनालाई एम्बुलेन्समार्फत उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला अस्पताल धादिङले जनाएको छ । सामान्य घाइते भएका ८ जना घर फर्किसकेका छन् भने १४ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस