काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
सभामुख पदको निर्वाचन आगामी माघ १२ गते ३ बजेलाई निर्धारण गरिएको छ । संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते अर्थात मंगलबार बिहान ११ बजेदेखि २ बजेभित्र सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ । दर्ता सकिएको आधा घण्टापछि अर्थात् सोही दिन साढे २ बजे दर्ता भएका उमेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिनेछ ।
माघ १२ गते दिउँसो ३ बजे उम्मेदवारीको प्रस्तावलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ । नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार चयन गरेको छ ।
यस्तो छ सभामुख निर्वाचनको कार्यतालिका :