तालामाराङ बजारमा आगलागी, २० लाखको क्षति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तालामाराङ बजारमा आगलागी, २० लाखको क्षति


६ माघ २०७६, सोमबार


मेलम्ची । मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन् ।

ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ ।

त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए ।

आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस