सभामुख टुङ्‌गो लगाउन ओली-प्रचण्डबीच बालुवाटारमा छलफल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सभामुख टुङ्‌गो लगाउन ओली-प्रचण्डबीच बालुवाटारमा छलफल


३ माघ २०७६, शुक्रबार


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा सभामुखबारे छलफल सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो ।

यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो । बिहीबारको छलफल सकारात्मक रहेको नेताहरुको भनाइ छ । शुक्रबार नेकपाले सभामुखबारे निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली सभामुख पद पूर्वमाओवादी पक्षलाई दिन सकारात्मक देखिएका छन् । यद्यपि उनले सरकारलाई सहयोग गर्ने खालको सभामुख चाहिएको आवश्यकता औँल्याएका छन् ।

यसअघि ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउने प्रस्ताव गरेका थिए । पूर्वमाओवादी पक्षले भने सभामुख पद आफ्नो भागमा परेको भन्दै प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गर्दै आएको थियो ।

सभामुखबारे विवाद उत्कर्षमा पुग्दा दुई अध्यक्षबीच पाँच दिनसम्म संवादसमेत हुन सकेको थिएन । बिहीबार संवादहीनता अन्त्य गर्दै दुई अध्यक्षबीच दुई घण्टाभन्दा बढी समय छलफल भएको थियो । दुवै अध्यक्ष शुक्रबार सहमति जुटाउनेमा प्रतिबद्ध रहेको बालुवाटार स्रोतले जनायो ।

Tags :
प्रतिक्रिया दिनुहोस