अबुधाबी बस दुर्घटना : ३ नेपालीको मृत्यु, १४ घाइते (नामावलीसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अबुधाबी बस दुर्घटना : ३ नेपालीको मृत्यु, १४ घाइते (नामावलीसहित)


३ माघ २०७६, शुक्रबार


काठमाडौं । युएईको आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ६ जनाको मृत्यु भएको जनाएको छ ।  एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस आबुधावीबाट दुबईतर्फ जाँदै गरेको बस अल राहा रोडमा दुर्घटना भएको थियो । गुडिरहेको लरीमा ठोक्किएर भएको दुर्घटनामा ६ को मृत्यु भएकोमा ३ नेपाली रहेको पुष्टि भएको हो  सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् ।

दुर्घटना लापरबाहीपूर्ण ढंगले सवारी चलाउँदा हुन पुगेको प्रहरीको निष्कर्ष छ । ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । तामाङको ठेगाना भने खुल्न बाँकी छ । यही घटनामा अन्य देशका ३ नागरिकको पनि ज्यान गएको छ ।

दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन।

मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ।

बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस