काठमाडौं । गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन भएको छ ।
दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना हुँदा भट्टराई गम्भीर घाइते भएका थिए ।
उपचारका लागि उनललाई ट्रमा सेन्टर लगिएको थियो । ।
दुर्घटनामा घाइते भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिए पनि चिकित्सकले मृत घोषित गरेको थियो।







