प्रशासन पिइएमा नासुको तयारी कक्षा सुरु, न्यूनतम शुल्कमा गुणस्तरीय पढाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रशासन पिइएमा नासुको तयारी कक्षा सुरु, न्यूनतम शुल्कमा गुणस्तरीय पढाई


२९ पुस २०७६, मंगलबार


काठमाडौँ । लोक सेवा तयारी कक्षा सञ्चालनमा ल्यााएको प्रशासन–पिइएले मंगलबारदेखि नायव सुब्बा (नासु) को तयारी कक्षा सुरु गर्ने भएको छ ।

प्रशासन–पिइएद्वारा सोमबार नासु तयारीका लागि आयोजना गरिएको अभिमुखीकरण कक्षामा उपस्थित युवायुवतीहरूको मागलाई सम्बोधन गर्दै आज ९मंगलबार० नै नियमित कक्षा सञ्चालन गर्न लागेको हो ।

निजामती सेवामा युवाहरूको बढ्दो आकर्षणसँगै मध्यमवर्ग विद्यार्थिहरूलाई मध्यनजर गर्दै न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिने गरी कक्षा सञ्चालन सुरु गरेको प्रशासन–पिइएले जनाएको छ ।

पढाईसँगै कामकाजी युवायुवतिहरुलाई मध्यनजर गर्दै बिहान, दिउँसो र बेलुकी गरी तीन समयमा कक्षा सञ्चालन हुने प्रशासन–पिइएका कोर्डिनेटर उदयराज ढकालले बताए ।

कक्षा सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको छ, ढकालले भने, अनुभवी, विषय विज्ञ शिक्षकहरूद्वारा आफ्नै पर्याप्त पार्किङ क्षमता भएको सुविधा सम्पन्न भवनमा न्यूनतम शुल्कमा पढाउँछौ ।

उचित वातावरण र अनुभवी प्रशिक्षक नै प्रशिक्षार्थीको सफलताको कडी भएको बताउँदै आफूहरूले गुणस्तरीयतालाई नै पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ ।

प्रशासन–पिइएले गत सातादेखि अधिकृतको कक्षा सुरु गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस