प्रदेश नं ३ को नाम बाग्मती र राजधानी हेटौंडा हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश नं ३ को नाम बाग्मती र राजधानी हेटौंडा हुने


२६ पुस २०७६, शनिबार


काठमाडौँ । प्रदेश ३ को सर्वदलीय बैठकले प्रदेश ३ को नाम वाग्मती र स्थायी राजधानी हेटौँडा कायम गराउने एउटा मात्र प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । शुक्रबार अबेर बसेको सर्वदलीय बैठकले स्थायी राजधानी र नामका विषयमा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, विवेकशील नेपाली दल, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, राप्रपा र राप्रपा संयुक्तका प्रदेशसभा सदस्यको उपस्थिति थियो ।

बैठकमा मुख्यमन्त्री पौडेलले महत्वपूर्ण विषयवस्तुमा सर्वदलीय सहमतिमा निर्णय गर्दा सकारात्मक सन्देश जाने र सकसमा रहेका अन्य प्रदेशले पनि प्रदेश नं ३ ले स्थापित गरेको नजिरबाट समस्या हल गर्न सक्ने बताएका थिए । उनले सकेसम्म स्थायी राजधानीको एउटा मात्र नाम हेटौँडा र एउटा मात्र प्रदेशको नाम वाग्मतीलाई सबै दलले समर्थन गरेर जान आग्रह गरेका थिए ।

प्रदेशसभामा नेकपाका ८०, काँग्रेसका २२, विवेकशील नेपालीका तीन, नेपाल मजदुर किसान पार्टीका दुई, राप्रपाका एक, राप्रपा संयुक्तका एक र नयाँ शक्तिका एक गरी ११० सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस