उपसभामुख र अध्यक्षद्वयबीच बालुवाटारमा भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपसभामुख र अध्यक्षद्वयबीच बालुवाटारमा भेटवार्ता


२५ पुस २०७६, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल प्रचण्डसँग उपसभामुख शिवमाया तुम्बाहाम्फेको भेटवार्ता भएको छ । आज बिहान पौने १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको नेकपा स्रोतले जनाएको छ । सभामुख पदको निर्वाचन मिति पर सरेसँगै अध्यक्षद्वयले उपसभामुखलाई बालुवाटारमा बोलाएर वार्त गरेको स्रोतको दाबी छ ।

उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन् । उनले यसअघि महराको गल्तिको दोष आफूलाई नदिन आग्रह गर्दै सभामुखमा पहिलो दाबी गर्दै आएकी थिइन् । उनले आफू पनि सभामुखका लागि योग्य भएको र कुनै पनि गल्ति नभएकाले उपसभामुखबाट राजिनामा दिएर आफूलाईनै सभामुख बनाउन अडान राखेकी छन् ।

सभामुखका लागि नेकपामा सुवास नेम्वाङ, देव गुरुङ र ओनसरी घर्तीसहितले दाबी गर्दै आएका छन् ।

यस अघि पुष ४ गते प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा उपसभामुख तुम्बाहाम्फेले नै अधिवेशनको सुरुवात गरेकी थिइन् । त्यसपछि बस्ने भनिएको बैठक पुष २७ सम्मका लागि सारिएको छ ।

पुष २७ अघि नै सभामुखको टुंगो लगाउने भनिएपनि विविध कारणवश बैठक स्थगित भएको हुँदा सभामुखको टुंगो लाग्न सकेको छैन ।

गत असोज १२ गते संसद सचिवालयकै एक महिला कर्मचारीमाथि बलात्कार प्रयास अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महरा जेल गएपछि सभामुख पद रिक्त रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस