ऊर्जामन्त्री पुन यूएई प्रस्थान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ऊर्जामन्त्री पुन यूएई प्रस्थान


२४ पुस २०७६, बिहिबार


काठमाडौं । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान गरेका छन् ।

पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री पुन बिहान साढे १० बजे यूएई प्रस्थान गरेका हुन् ।

उनले सम्मेलनलाई यही पुस २६ र २७ गते दुई छुट्टाछुट्टै सत्रलाई सम्बोधन गर्ने मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिए ।

मन्त्री पुन नेतृत्वको नेपाली प्रतिनिधिमण्डल २८ गते स्वदेश फर्किने छ । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको सम्मेलन हरेक वर्ष आयोजना हुन्छ । यसमा १२० भन्दा बढी सदस्य राष्ट्र छन् । सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुख, राष्ट्र प्रमुख, मन्त्रीलगायत सहभागी हुन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस