गृहमा कार्यरत सशस्त्र प्रहरीबाट कर्मचारी कुटिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमा कार्यरत सशस्त्र प्रहरीबाट कर्मचारी कुटिए


२३ पुस २०७६, बुधबार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीमाथि प्रहरीले कुटपिट गरेको छ । कुटपिटबाट २ कर्मचारी घाइते भएका छन् ।

सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) प्रवीण राई र हवल्दार छवीन्द्र राईले मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै गरेका प्राधिकरणका २ कर्मचारीमाथि कुटपिट गरेको बताइएको छ ।

प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्का कुटपिटबाट घाइते भएका छन् ।

मर्मतको काम सकेर फर्कंदै गर्दा कसरी गाडी चलाएको भन्दै निर्घात कुटपिट गरेको बताइएको छ ।

कुटपिटमा संलग्न प्रवीण र छवीन्द्रलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहायक प्रहरी निरीक्षक प्रवीण र हवल्दार छवीन्द्र सशस्त्र प्रहरी कार्यदल दरबन्दी भई गृहमन्त्रालयमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस